प्रतापले जित्यो महागुरु फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकलाको उपाधी - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतापले जित्यो महागुरु फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकलाको उपाधी

माङसेबुङ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ युथ सोसाइटीको आयोजनामा सम्पन्न अनलाइन वक्तृत्वकला प्रतियोगिताको उपाधी माङसेबुङका प्रताप ताप्मादेनले जितेको छ ।

मंगलबार सम्पन्न ‘किरात समुदायमा महागुरु फाल्गुनन्द लिङदेनको महत्व’ शिर्षकमा अनलाइन बक्तृत्वकला प्रतियोगिताको अन्तिम परिणाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण लामो समय युवा पुस्ता र सबै पक्षमा टाढा बनाइरहेको अवस्थामा न्यू मिडियाले संसारलाई नजिक बनाइरहेको र यस्कोे प्रयोगकर्ताको संख्या त्यतिकै बढिरहेको अवस्थामा बिशेष गरि युवा बर्गलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा माङसेबुङकै सामरिता सेर्मा दोस्रो तथा अनिल चेम्जोङ सान्तावना भएका छन् ।

माङसेबुङ–३, भञ्ज्याङमा अवस्थित महागुरु फाल्गुनन्द शालिकमा सम्पन्नराष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा सहभागीमध्येबाट विजेता, उपबिजेत तथा सान्तावना हुने प्रतियोगीहरुलाई क्रमशः ३ हजार ३५, २ हजार ३५ र १ हजार ३५ नगद पुरस्कार प्रदान गरिएको थियो ।

उनका अनुसार विजेताको घोषना भने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ ३ मा अवस्थित महागुरुको शालिकमा आयोजित कार्यक्रमबाट गरिने सोहिदिन पुरस्कार वितरण गर्नै जनाएको छ ।

सम्बन्धित खवर