बालगायक राकेशको आवजमा थाकुहाङको ‘मेरो सानो दुनियाँ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बालगायक राकेशको आवजमा थाकुहाङको ‘मेरो सानो दुनियाँ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । बालगायक राकेश संजेलको सुमधुर आवाजमा सजिएको साहित्यकार थाकुहाङ मेरिङ सङबाङ्फेको शव्दमा रहेको पहिलो गीत ‘मेरो सानो दुनियाँ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायक आइन्द्र नेम्वाङको संगीत तथा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीत संयोजन रहेको गीत ‘मेरो सानो दुनियाँ’ भिडियो हाईलाईट्सनेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राकेश गजमेरको निर्देशन रहेको भिडियोमा गायक राकेश संजेल, बालकलाकार पवित्रा प्रधान र प्रनिका चौधरी लगायतले अभिनय गरेका छन् ।

सुजन श्रेष्ठको छायाँकन, ड्रोन, कलर तथा सम्पादन रहेको भिडियोमा बाल गायक राकेश संजेलको बालापनमै संघर्ष गुर्नपरेको दुखद पलहरुलाई प्रस्तुत गरिएको छ ।

बालगायक राकेश संजेलको समेत पहिलो रेकर्डेड गीत रहको यस गीतलाई झापा दमक स्थित काव्या रेकर्डस् स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस्


सम्बन्धित खवर