दिनेशको निर्देशनमा संगम र मेलिनाको ‘माईबेनी मेलैमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा संगम र मेलिनाको ‘माईबेनी मेलैमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । दिनेश माङमु लिम्बूको कोरियोग्राफी तथा निर्देशनमा गायक संगम सेर्मा लिम्बू र गायिका मेलिना राईको पुर्वेली लोक भाकाको गीत ‘माईबेनी मेलैमा’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

लामो समय देखि गीत संगीतमा निरन्तर लागिरहेका गायक संगम सेर्माको ‘घरको जेठी’ गीतको सफलता पछी डि.आर. अटुको शब्द संगीतमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘माईबेनी मेलैमा’ भिडियो लिम्दुमी कृएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बुद्ध थापाको छायाँकन, बिमला तामाङको मेकअप तथा बिकास धमलाको सम्पादन रहेको भिडियोमा फुलेन्देको आमा(उमेश राई) काउली बुढी(सन्ध्या बुढा) साथमा विशाल सेनेहाङ र निरन्जली लामाले अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतलाई किङ्गस् स्टुडियोमा मनोज साङसोन, सुरेश राईले रेकर्डिङ गरेका हुने भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस…


सम्बन्धित खवर