देउ कृष्ण देवानको निर्देशनमा ‘फुङमिम’ पाःलाम सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउ कृष्ण देवानको निर्देशनमा ‘फुङमिम’ पाःलाम सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कलाकार निर्माता तथा निर्देशक देउ कृष्ण देवान लिंखा याक्खाको निर्देशनमा लिम्बू कला संस्कृतिमा आधारित पाःलाम ‘फुङमिम’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

बिक्रम येक्तेनको शव्द तथा लय संकलनमा गायिका शािन्तमाया नाल्बो, कृष्णकला आङबुहाङ र गायक बिक्रम येक्तेन, देवेन्द्र हुक्पा चोङबाङको आवजमा सजिएको पाःलाम ‘फुङमिम’ भिडियो मुकुम्लुङ दर्पण टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश राई(सुविन)को छायाँकन तथा बसन्त वाम्बुले राईको सम्पादन रहेको पाःलाममा चन्द्र थलङ, शािन्तमाया नाल्बो, उषा लावती, बिस्नु हाङगाम, बिनु तुम्बाहाङफे, कृष्णकला आङबुहाङ, दिप केरूङ्ग, बिक्रम येक्तेन, देबेन्द्र हुक्पा चोङबाङ, जीतमान थलङ, कमल थेगिम लगायतले अभिनय गरेका छन् ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा मुकुम्लुङ दर्पणको प्रस्तुति रहेको पाःलामलाई म्यूजिक मिडिया धरानमा रेकर्डिङ गरिएको हो । यसैगरि रुपक जिमी याक्खाको सहायक निर्देशन रहेको भिडियोमा महेश सिग्देलको मेकअप रहेको छ ।

पाःलाम हेर्नुहोस…


सम्बन्धित खवर