माङसेबुङकी सरिताले जितिन सदाबहार राष्ट्रिय टिकटकको उपाधी - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङकी सरिताले जितिन सदाबहार राष्ट्रिय टिकटकको उपाधी

माङसेबुङ । इलामको माङसेबुङकी सरिता राईले सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिताको उपाधी जितेकी छिन् ।

गत भाद्र १३ गतेदेखि संचालन भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगीतामा सहभागी भएका ४ सय प्रतियोगिलाई पछि पार्दै सरिाताले उपाधि जितेकी हुन् ।

उपाधि जिते संगै सरिाताले नगद पुरस्कार १ लाख ५० हजार हात पारिन भने ५ लाख बराबरको जिवन बिमासंगै प्रमाण पत्र समेत प्राप्त गरेकी छन् ।

प्रतियोगितामा क्रमश दोश्रो र तेश्रो भने मोरङकी निरुपा भण्डारी, सुन्सरीका सागर लामिछाने भएका थिए ।

उपविजेता निरुपाले भने नगद पुरस्कार १ लाख र ५ लाख बराबरको जिवन बिमासंगै प्रमाण पत्र समेत हात पारेकी छन् ।

यसैगरि तेस्रो हुने सागरले नगद पुरस्कार ५० हजार र ५ लाख बराबरको जिवन बिमासंगै प्रमाण पत्र समेत प्राप्त गरेका छन् ।

प्रतियोगिताको बिजेताहरुलाई शुक्रबार सदाबहार मिडियाले एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय सभा सदस्य प्रमिला यादवको हस्तबाहुलीबाट पुरस्कृत गरेको छ ।

कार्यक्रममा वेलका नगपालिकाकी उपप्रमुख राजकुमारी चौधरी, राजनितिक दलका प्रतिनिधी, विभिन्न संघसस्थाका प्रतिनिधी लागायतको सहभागीता रहेको थियो ।

सदाबहार मिडियाको फेसबुक पेजमा राखिएको टिकटक भ्युजको आधारमा टप १ सय हुदै २० जना छनोट गरिएको थियो ।

यसैगरि टप १५ देखि भने दर्शकको भोटिङको आधारमा टप १०, टप ५ र टप ३ फाइनलिष्ट छनोट गरिएको थियो । टप ३ फाइनलिष्टबाट दर्शकै भोटिङको आधारमा विजेताको छनोट गरिएको थियो ।

सम्बन्धित खवर