दिपावलीको अवसरमा संकल्प ब्याण्डको बेजोड फेसबुक लाइभ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपावलीको अवसरमा संकल्प ब्याण्डको बेजोड फेसबुक लाइभ

  • पदम दुखी सम्बाहाम्फे

कुम्मायक । कुम्मायक गाउँपालिकाको यासोक बजारमा संकल्प ब्याण्ड यासोकले शनिबार बेलुकी दिपावलीको लक्ष्मी पुजाको अबसर पारि फेसबुक लाइभ कार्यक्रम सम्पन्न गरेको छ ।

शान्ति र शिक्षाको निम्ति संगीत, भाषा र संस्कृतिको निम्ति संगीत अनि स्वास्थको निम्ति संगीत भन्ने मुल नाराका साथ ७४ सालमा आधिकारिक रूपमा स्थापना भएको यस ब्याण्डले विभिन्न सामाजिक कार्यमा सहभागी बन्दै आएको थियो ।

ब्याण्डका अध्यक्ष सुर्य लावतीको अध्यक्षतामा भएको सो फेसबुक लाइभ कार्यक्रममा संकल्प ब्याण्डका प्रमुख सल्लाहकार गयेन्द्र लावतीको उपस्थितिमा सुर्य लावती, उमा चाम्लिङ राई र सुजन सम्बाहाम्फेको बेजोड गायन प्रस्तुति रहेको थियो भने फक्ताङ्लुङ सास्कृतिक समुह रानिगाउँका सदिक्षा, मिना, लक्ष्मी र सुकमाया महराद्वारा साङ्गितिक नृत्य प्रस्तुत भएको थियो ।

हिमेश रम्तेल, खगराज चेम्जोङ, रजत बुढाथोकी, रेशम सम्बाहाम्फे र पुर्ण महराले फेसबुक लाइभबाट मन मुटु छुने सागिंतिक खुराक पस्केको थियो । कोरोना भाइरसको संक्रामक भयावह संक्रमण देखि सतर्कता अपनाउने उद्देश्यका कारण ब्याण्डले फेसबुक लाइभ कार्यक्रम मात्र गर्नु परेको ब्याण्डका अध्यक्ष सुर्य लावतिले बताए ।

सम्बन्धित खवर