
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७७ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ७७ जनासहित देशभर संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९८ जना कोरोना मुक्त भए सगैं १ लाख ७३ हजार ४ सय ३० जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार २ सय २१ पुगेकोे छ ।