निरन्ता र जीवनको आवाजमा शान्ताको पालाम ‘सेप्माङमु हेक्के’ सार्वजनिक - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निरन्ता र जीवनको आवाजमा शान्ताको पालाम ‘सेप्माङमु हेक्के’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका निरन्ता नेम्बाङ र गायक जीवन केदेमको आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालम ‘सेप्माङमु हेक्के’ सार्वजनिक गरिएको छ ।

शान्ता केरुङ शव्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमा विवश नेम्बाङ र दुर्गा तुम्साको समेत कोरस आवाज रहेको पालाम ‘सेप्माङमु हेक्के’ को भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मदन वनेमको निर्देशन रहेको पालाममा जीवन केदेम, दुर्गा तुम्सा, कुसल थलङ, बिनु तुम्बाहाङफे, चन्द्र केदेम, तारा केदेम, नयन नाल्बो, मिना नेम्बाङ, सीमा आवाजुङ र कर्मिला आङदेम्बेको अभिनय रहेको छ ।

जीवन केदेमको परिकल्पना तथा शान्ता केरुङको निर्माणमा खगेन्द्र पन्धाक लिम्बूको छायांकन, सम्पादन र कलर रहेको भिडियोमा जय प्रकाश तिगेलाको सहायक छायांकन रहेको छ ।

मनोज साङसोनको संगीत संयोजनमा किंग स्टुडियोमा सुरेश राईले रकर्डिङ गरेको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

पालाम भिडियो हेर्नुहोस…

सम्बन्धित खवर