
माङसेबुङ । निर्देशक रन बीर लिम्बू सेर्मा(रवि सेर्मा) निर्देशित चलचित्र ‘सेमिफुङ’को हङकङमा विशेष प्रदर्शन हुने भएको छ ।
याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘सेमिफुङ’को विशेष प्रदर्शन याक्थुङ मुन्चइत चोक सयङ हङकङको आयोजनामा हङकङस्थित याउ मा तेइ कम्युनिटी हलमा आगमी १ फेब्रवरी २०२६ मा गरिने भएको हो । प्रदर्शन साँझ ६ः३० बजे हुनेछ ।

चलचित्रमा परम्परागत मुल्यमान्यतामा विश्वास राख्ने प्रकृतिपुजक सामाहाङ आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव गर्नु आउदा धर्म परिवर्तन गरीसकेको हुनाले सामाहाङको विवाह हुदैन सामाहाङले धर्मको कारण संबन्धहरु विग्रिदै गएको अनुभुत गर्छ । पुरा कथा जान्नलाई भने चलचित्र हेर्नै पर्ने हुन्छ ।
लिम्बू समुदाय धर्मका कारण कसरी विभाजन भएको छ भन्ने चलचित्रमा देखाइएको छ । एकै परिवारका सदस्यहरूले बेग्लाबेग्लै धर्म ग्रहण गर्दा त्यसले कर्मसंस्कारमा कस्तो अवसर पार्छ भन्ने चलचित्रमा मिहिन ढंगले प्रस्तुत गरिएको छ ।

धर्म, संस्कार, संस्कृति र सिद्धान्तका कारण विभक्त शिक्षित वर्गका याक्थुङहरुमा आई परेको वैचारिक संकटको कथा बोलिएको चलचित्रमा निर्माण पक्षको दावी छ ।
इलामको माङसेबुङ र चुलाचुलीका विभिन्न स्थान, त्यसैगरी झापाको दमक, कमल, बुद्धशान्ति, शिवसताक्षीलगायत स्थानमा छायांकन गरिएको चलिचित्रमा बबिन आङ्देम्बे, चन्दा थेगिम आङदेम्बे, सतिका सुब्बा‚ सिडी बेघा, निर्मला देवान, संगीता लावती, त्रिभुवन लुङ्फङवा, नुनाम केरुङ, नरेन्द्र लिम्बू, याङसाङ मुकारुङलगायतले अभियन गरेका छन् ।

चलचित्रको गीत सेसेमे से नाल्बो, साङ्सेन पन्धाक र आइत खजुमले लेखेका हुन् । गीतमा डिल्ली फोम्बोको संगीत र देवेन चेम्जोङ, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङलगातको स्वर रहेको छ ।










ट्रेलर हेर्नुहोस…







