थोकफेला र दावाको आवाजमा ‘पिरतीको घर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र दावाको आवाजमा ‘पिरतीको घर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एक पछि अर्को गीत लिएर आईरहेकि गायिका थोकफेला लिङदेन गायक दावा तामाङको सुमधुर आवाजमा सजिएको गीत ‘पिरतीको घर’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार उमेश दुमी राईको शव्दभावहरुमा निकेश राईको संगीतमा सजिएको गीत ‘पिरतीको घर’ भिडियो शनिबार सिमिक्लुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

थोकफेला गार्मेन्ट प्राइभेट लिमिटेडको प्रडक्सन रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन तथा रेकर्डिङ रहेको छ भने मुस्कान मुकारुङ राईले मिक्सिङ गरेका हुन् ।

दुर्गा बान्तावा राई र मनोज राईको छायाँकन तथा मनोज राईको सम्पादन रहेको भिडियोलाई निकेश राईले तयार पारेका हुन् ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=Y_tWhgkcWS0


सम्बन्धित खवर