स्रष्ट्राहरुले सिर्जना वाचन गरेर मनाए यसपालिको तिहार - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्रष्ट्राहरुले सिर्जना वाचन गरेर मनाए यसपालिको तिहार

  • कबिन तुम्बापो लिम्बू

धनकुटा । बिश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले देउसे भैलो खेल्न निसेध गरेकोले सर्जक स्रष्टाहरुले यसपालिको तिहार सिर्जना वाचन गरेर मनाएका छन् ।

आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्म जयन्तीको अवसरमा उत्तरी मोरङ साहित्यिक मन्चको संयोजन साथै संस्थाका अध्यक्ष सन्देस तुम्बापोको प्रायोजनमा सर्जक स्रष्टाहरुले धनकुटाको चौविसे २ साःदेन डाडाँमा सिर्जना वाचन गरेर यसपालिको तिहार मनाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी युवा समाजसेवी पूर्ण खजुम, विशेष अतिथी समाजसेवी देबेन्द्र कुमार चेम्जोङ र सम्मेवा प्रहरी इन्चाज पोसराज कार्कीले शुभकामना मन्तब्य राखेका थिए ।

सन्देश तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुम्भकर्णको मनोरम दृश्य आँखै अगाडि उभिएको भान गराउने सुन्दर ठाउँ साःदेन डाडाँमा कवि राज माङ्लाक, कवि कमल चेम्जोङ(याक्थुङ्बा कान्छा), कवि रोमि मगर, कवि ह्र्दय चबेगु, गजलकार राज सानू चबेगु, कवि सुक्र आङ्देम्बे, गजलकार मिलन चबेगु, कवि श्रीमान खजुम, गजलकार युवराज ठकुरी, कवि टेकबिर युङ्साहाङ, कवि सर्गम खजुम ले सिर्जना वाचन गरेका थिए ।

सम्बन्धित खवर