उपासना नेम्बाङ अभिनित लघु चलचित्र ‘कान्छा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपासना नेम्बाङ अभिनित लघु चलचित्र ‘कान्छा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित नेपाली कथानक लघु चलचित्र ‘कान्छा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

भावना एयरको कथा तथा झलनाथ खत्रीको निर्देशन रहेको चेली माइतीको बिशेष पर्वको रुपमा रहेको तिहारको बर्तमान अवस्थालाई चित्रण गरिएको कथा बोकेको लघु चलचित्र ‘कान्छा’ उपासना नेम्बाङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

किरण नेम्बाङको छायाँकन तथा सम्पान रहेको लघु चलचित्रमा उपासनाको अलावा राजकुमार लिङदेन, रजिना लिङदेन, सुर्यमान तामाङ, आस्सुमान तामाङ, ठुलीमाया धलान, जित धलान, लाल बम्जम, साइला बम्जम, कान्छा मार्फा, रामबहादुर इवारम र शर्मिला खडकाले अभिनय गरेका छन् ।

लघु चलचित्रमा सागर घिमिरेको लोकेशन सउण्ड रहेको छ भने ट्रान्सपोर्टेसन जेम्स तामाङको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर