
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तिहार पर्वका कारण परीक्षण कम भएपछि संख्या ह्वात्तै घटेको हो । पछिल्लो २४ घन्टामा २ हजार ८ सय ७८ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५ सय २ जनासहित देशभर संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना कोरोना मुक्त भए सगैं १ लाख ७९ हजार २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार २ सय ४७ पुगेकोे छ ।