देशभरबाट थप १६ सय ७३ जना कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभरबाट थप १६ सय ७३ जना कोरोना संक्रमित


काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट १ हजार ६ सय ७३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार १ सय ४४ जनामा गरिएको परिक्षमा आइतबार ३ हजार ९३ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १ लाख ९३ हजार ३ सय २५ जना उपचारपछि निको भइसकेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ७ पुगेको छ ।

सम्बन्धित खवर