‘ढुङ्गा यो मन’ भुपेन्द्रको निर्देशनमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘ढुङ्गा यो मन’ भुपेन्द्रको निर्देशनमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कलाकारिता हुदैं सफल छायाँकारको छबि बनाउदै पछिल्लो समय निर्देशनमा समेत छाईरहेका भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा निर्देशनमा ‘ढुङ्गा यो मन’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

नेपाली सांगितिक आकाशकी लोकप्रिय गायिका मेलीना राई र गायक दिलीप कोयूको कर्णप्रिय आवाजमा सजिएको गीत ‘ढुङ्गा यो मन’ थैली इन्टरटेन्टमेन्ट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार नवराज कोयूको शब्दभावहरुमा र संगीतकार दिलीप कोयूको संगीतमा सजिएको गीतको भिडियोमा सुजता थुलुङ्, दिलीप कोयू, विष्णु मोक्तान र निश्चल राईले अभिनय गरेका छन् ।

थैली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको त्रीकोनात्मक प्रेम कथामा आधारित भिडियोमा सोम मगरातीको मेकअप, सुमन तामाङको ड्रोन रहेको छ भने, निल रानाले सम्पादन गरेका हुन् ।

सन्देश रुचालको संगीत संयोजन रहेको गीत वान पिस स्टुडियोमा एकराजसीम राईले रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…


सम्बन्धित खवर