देशभर थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

डा.गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ४३ जना कोरोना मुक्त भएका संगै कोरोना संक्रमणबाट मुक्तहुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको छ ।

यसैगरि कोरोना संक्रमणबाट देशभर थप १६ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ जना पुगेको छ ।

सम्बन्धित खवर