देशभर पछिल्लो २४ घन्टामा १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर पछिल्लो २४ घन्टामा १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७ सय ९० जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९१ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ७ सय ९० जनासहित देशभर संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९१ जना कोरोना मुक्त भए सगैं २ लाख ४ हजार ८ सय ५८ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ३ सय ६१ पुगेकोे छ ।

सम्बन्धित खवर