देशभरबाट थप १९ सय ४८ जना कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभरबाट थप १९ सय ४८ जना कोरोना संक्रमित


काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट १ हजार ९ सय ४८ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २ सय १० जनामा गरिएको परिक्षमा बुधबार १ हजार ९ सय ४८ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २ लाख ७ हजार ९ सय ९८ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

सम्बन्धित खवर