
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६ सय १४ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ६ सय १४ जनासहित देशभर संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना उपचारपछि घर फर्किएका छन् । देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ४ सय १२ पुगेकोे छ ।