नेपाल–भारत विदेश सचिवस्तरीय बैठक सम्पन्न - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल–भारत विदेश सचिवस्तरीय बैठक सम्पन्न

काठमाडौं । नेपाली विदेश सचिव भरत पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्ध्दन श्रृंगलाबीच वार्ता सम्पन्न भएको छ ।

आज(बिहिबार) दुई पक्षको औपचारिक वार्ता अगाडि विदेश सचिव स्तरीय वार्ता भएको हो ।

समकक्षी वार्तामा समस्या समाधानको पहिलो र राम्रो सुरुवात भएको विदेश सचिव श्रृंगलाले पत्रकारहरुसँग बताएका छन् ।

दुई देशबीच रहेको विविध समस्यामा समाधानको पहलको सुरवात भएको उनले बताएका छन् ।

समकक्षी वार्तामा भौतिक पूर्वाधार विकासदेखि आर्थिक सहयोग र सहकार्यका विषयमा छलफल भएको छ ।

सम्बन्धित खवर