पछिल्लो २४ घन्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७ सय ३ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ७ सय ३ जनासहित देशभर संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना उपचारपछि घर फर्किएका छन् । हाल देशभरमा १७ हजार २ सय ३७ जना सक्रिय संक्रमितहरू रहेका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ४ सय ३५ पुगेकोे छ ।

सम्बन्धित खवर