- आन्छुमे नसान
माङसेबुङ । गायक इन्द्रशुसिल तिलिङ चोङबाङ लिम्बू र गायिका थोकफेला लिङदेनको कर्णपृय आवाजमा सजिएको पाःलाम ‘अमृतरे कुजा’ युट्यूवबाट सार्बजनिक गरिएको छ ।
इन्द्रमाया निङलेकुको शव्द संकलनमा इन्द्रशुसिल चोङबाङको लयसंकलन रहेको पाःलाम ‘अमृतरे कुजा’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्बजनिक गरिएको छ ।
रोजा थेगिमको परिकल्पना तथा निर्देशनमा तयार भएको पाःलामलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका छन् ।
महागुरु फाल्गुनन्द जन्मभूमि चुक्चिनाम्बा बर्तमान धर्मगुरु लिङदेन आत्मानन्द ‘सेइङ’ जन्मभूमि अगौटे र किरातीहरुको धार्मिक पर्यटकिय तिर्थ स्थल माङसेबुङको बयान गरिएको पाःलामको संगीत संयोजन भने राजु कार्कीले गरेका हुन् ।
थोकफेला गार्मेन्टको प्रडक्सन तथा पहिरनमा निर्माण भएको भिडियोमा इन्द्र शुसिल चोङबाङ, थोकफेला लिङदेनको अलावा भिमला येङदेन, भजिन्द्री लावती, प्रेम लिङदेन, लोकमाया पालुङवा, देउमान थोप्रा, कमला आङदेम्बे, लाबुहाङ आङबुहाङ पदम कुरुम्बाङ, शिवमाया राई, मुना आङदेम्बे, हरि थोक्लेहाङ, सुमित्रा राई, राजा लावती, पुष्पा लिङदेन, मनमाया वनेम, सोनुहाङमा वनेम, अबिना सेर्मा, इन्दिरा राई, लिहाङ योङहाङ र अबिन नेम्बाङ लगायतले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस…