पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ८० जनासहित देशभर संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा २ लाख ११ हजार १ सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ४ सय ५४ पुगेकोे छ ।

सम्बन्धित खवर