- आन्छुमे नसान
माङुेबुङ । गायक पदम राईको कर्णप्रिय आवाजमा पुर्बेली गीत ‘एसो हेरे पुर्व तिर’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।
निर्देशक किरण चाम्लिङ राईको निर्देशन तथा दिनेश माङ्मु लिम्बुको कोरियोग्राफीमा तयार भएको ‘एसो हेरे पुर्व तिर’ भिडियो केन्द्र मोसन्स् पिक्चर्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शशी गुरुङ (बाङ्देल)को शब्द तथा संगीत साथै राजु कार्कीको संगीत संयोजन रहेको भिडियोमा नायक दयाहाङ राई र मोडल एलिसा राईलले प्रेम जोडीको रुपमा अभिनय गरेका छन् ।
केन्द्र मोसन्स् पिक्चर्सको प्रस्तुतिमा माहि सिङको मेकअप तथा ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…