पछिल्लो २४ घन्टामा १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय ५५ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ५५ जनासहित देशभर संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा १७ हजार ९ सय ९ जना सक्रिय संक्रमितहरू रहेका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ४ सय ७९ पुगेकोे छ ।

सम्बन्धित खवर