सोमबार थप १४ सय ७४ जना कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोमबार थप १४ सय ७४ जना कोरोना संक्रमित

 


काठमाडौं । नेपालमा थप १ हजार ४ सय ७४ जना कोरोना भाइरस(कोभिड–१९) संक्रमण थपिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना अपडेट अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लाबाट १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ । यससंगै नेपालमा कोभिड १९ को संक्रमित संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये १ हजार ९ सय २९ जना उपचार पछि घर फर्किएका छन् । यससंगै २ लाख १४ हजार ५ सय २१ जना जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९ जनाको मृत्यू भएको छ । यससंगै मृत्यू हुनेको संख्या १ हजार ५ सय ८ जना पुगेकोे छ ।

सम्बन्धित खवर