किरात जागरण गित ‘यो धर्तिमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात जागरण गित ‘यो धर्तिमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । किरात साम्यो सक्थिमगेन मुजोत्लुङ पान्जुम्भोको गिती संग्रह ‘किरात स्पन्धन भाग–७’ मा संग्रहित किरात जागरण गित ‘यो धर्तिमा’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

डिबी लिङदम ‘सेसेमी’ को शव्दभावहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको गीत ‘यो धर्तिमा’ को लिप्सिङ भिडियो किरात साम्यो सक्थिमगेन पान्जुम्भोको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लेखनाथ चेम्जोङ, आइन्द्र नेम्बाङ, अनिला आङदेम्बे, कौशिला खेवा, आइन्द्र थेगिम, बिरपन थेगिम, दिलिप माखिम, राजन बेघा र सुबास गुरुङको आवज रहेको गीतको संगीत संयोजन तथा मिक्सिङ, मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

काव्या रेकर्डिङ स्टुडियो दमक झापा र किङग् स्टुडियो काठमाण्डौमा रेकर्डिङ गरिएको गीतको भिडियोमा अनिस लावतीको छायाँकन तथा सुजन श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर