मनिस लिम्बु र गोबिन्द चेम्जोङको आवाजमा ‘थाम्दा थाम्दै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनिस लिम्बु र गोबिन्द चेम्जोङको आवाजमा ‘थाम्दा थाम्दै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । सानै उमेरमा ख्याति कमाएका बाल गायक मनिस लिम्बु र लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बुको सुमधुर आवजमा सजिएको ह्दयस्पर्शि गित ‘थाम्दा थाम्दै’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार रामजान सुव्वाको शव्दभावहरुमा गायक गोविन्द चेम्जोङ लिम्बुकै संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गित ‘थाम्दा थाम्दै’ भिडियो मेरो अनलाइन टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

एउटा बालक जन्मिदै अमाको देहान्त पश्चात अपाङग बुवको साथमा संघर्ष गर्नुपरेको ह्दय विदारक दृश्य समाबेश गरिएको बिक्रम योङहाङ ‘मुहिम’को निर्देशन रहेको भिडियोमा रोजिना थेगिम, जितेन श्रेष्ठ र दिवस राईले अभिनय गरेका छन् ।

युमिसा पाण्डेको मेकअप, जितेन थुलुङ राई प्रडक्सन मेनेजर रहेको भिडियोको छायाँकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर