पछिल्लो २४ घन्टामा १३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा १३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय ४ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ हजार ७३ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ४ जनासहित देशभर संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घन्टामा २ हजार ७३ जना संक्रमित कोरोना मुक्त भएसंगै नेपालमा २ लाख १६ हजार ५ सय ९४ जना उपचारपछि घर फर्किएका छन् ।

अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ । यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ५ सय २९ पुगेकोे छ ।

सम्बन्धित खवर