सिन्दुर साक्षी छ को सुटिङ सम्पन्न - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिन्दुर साक्षी छ को सुटिङ सम्पन्न

 

काठमाडौ । पुर्वेली गीत सिन्दुर साक्षी छ, बोलको गीतको सुटिङ सम्पन्न भएको छ ।

शिवसंगम राईको शब्द/संगीत रहेको उक्त गीतमा राजेन्द्र केरुङ, बिजय फागो, उषा राई र उपाश्ना पोख्रेलले स्वर दिएका छन् ।

उक्त गीतमा बिनेश राईको संगीत संयोजन र रेकर्डिङ तथा मिक्सिङ शुन्दर लामाले गरेका छन ।

भिडियोमा अहिलेका चर्चित मोडल तथा डान्सर सुधिर श्रेष्ठ र बिमला खजुमको मुख्य अभिनय देख्न सकिनेछ भने टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की, बिरेन्द्र केरुङले सहायक भुमिकामा साथ दिएका छन । मिङ्मा शेर्पाको सिनेमाटोग्राफी, पेम्बा शेर्पा, रमेश पुर्जा मगरले छाँयाकारको रुपमा सहयोग गरेका छन भने शंकर बरालको शृङ्गार रहेको छ ।

काठमाडौंको साँखु, पालुबारी क्षेत्रमा छायाङकन गरिएको उक्त भिडियोमा कथाबस्तु र निर्देशन अहिलेका ब्यस्त निर्देशक दुर्लभ जन्तरेले गरेका छन् ।

लाखौं नेपालीहरु अभाव, पिडा, बेरोजगारीका कारण बिदेशिनु पर्ने बाध्यतात्मक परिस्थिती बर्षौदेखी भोगिरहेका छौँ । सात समुन्द्रपार आफ्नो मायालु, घरपरिवारसँग छुट्टीएर बस्नुपर्दाको पिडालाई अत्यन्तै कलात्मक ढङ्गले भिडियोमा उतार्न खोजिएको छ । आम नेपाली हरुको वास्तविक जिवनकथा बोकेको गीत करिब ७ बर्ष अघि नै सार्वजनिक भईसकेको थियो ।

अडियोको रुपमा रहेको गीत लाखौं श्रोताहरुले अत्याधिक मन पराउनुभएको र भिडियोको माग आएकोले ढिलै भए पनि बनाईएको निर्माण टिमले जानकारी दिएका छन् ।

अडियोले लाखौं दर्शक श्रोताहरुको अपार माया पाएकोले भिडियोलाई पनि उत्तिकै मन पराउनेमा भिडियो टिमको अपेक्षा रहेको छ ।

FALELUNG TV को प्रस्तुतीमा बन्न लागेको उक्त भिडियोलाई अबको एक हप्ता भित्रै सोही च्यानलमा हेर्न सकिनेछ । सुबास थेगिम हाङ्सरुम्बाले निर्माणमा सहयोग गरेका छन् ।

 

सम्बन्धित खवर