ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट दमकको अध्यक्षमा लावती - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट दमकको अध्यक्षमा लावती

दमक । झापाको दमक क्षेत्रमा संचालनरत प्रशिक्षण केन्द्रहरुको छाता संगठन ‘ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को गठन भएको छ ।

दमकमा रहेको सिएसिआई इन्स्टिच्युटमा तदर्थ समितिका संयोजक राजु गौतमको अध्यक्षतामा शुक्रबार बसेको बैठकले एसोसिएसन गठन गरेको हो ।

बैठकबाट लामो समय देखि इन्स्टिच्युट संचालन गर्दै आएका र सामाजिक कार्यहरुमा समेत सरिक हुदै आएका ब्रिटिस ल्याङ्वेज आईटी कलेजका संचालक गगन लावतीको नेतृत्वमा समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा राजु गौतम, सचिवमा सन्देश थापा, कोषाध्यक्षमा विवेक मैनाली र प्रवक्तामा देशराज नेम्बाङलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

सोही बैठकबाट राम नेपालको संयोजजकत्वमा नविन राई र विशाल सिटौलाको ३ सदस्यीय सल्लाहकार समिति चयन गरिएको थियो ।

पछिल्लो समयमा कोभिड १९ को महामारीका कारण प्रशिक्षण केन्द्र संचालन गर्नमा कठिनाई भएकोले यस क्षेत्रका लागि पनि स्थानिय सरकारले चासो देखाउनु पर्नेमा ध्यानआकर्षण गराउँन, प्रशिक्षण केन्द्रहरु विच स्वस्थ्य प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न र प्रशिक्षण केन्द्रहरुको सिपमुलक तालिमहरुमा एकरुपता ल्याउन लगायतका उदेश्यहरु पुरा गर्न यस संगठनको आवश्यकता महशुस भएकोले ‘ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को जन्म भएको अध्यक्ष गगन लावतीले जानकारी दिनु भयो ।

 

सम्बन्धित खवर