काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २४ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ६ जना संक्रमित कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार २४ जनासहित देशभर संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घन्टामा २ हजार २ सय ६ जना संक्रमित कोरोना मुक्त भएसंगै नेपालमा २ लाख २४ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ५ सय ७७ पुगेकोे छ ।