विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता हुने - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता हुने

माङसेबुङ । ‘अस्तित्व र पहिचानको निम्ति’ विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता २०२०/२०२१ हुने भएको छ ।

संघीय लेखक मञ्च प्रवास मलेशियाको आयोजनामा विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता २०२०/२०२१ हुने भएको हो ।

संघीय गणतन्त्र नेपाल संस्थागत गराउन संघीयता, स्वयतता, सह–अस्तिव र पहिचान सम्बन्धी कवितालाई प्रथमिकता दिएर विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता आयोजना गर्न लागेको संघीय लेखक मञ्च प्रवास मलेशियाका अध्यक्ष जनम लिङदम हाङसाले बताए ।

अध्यक्ष हाङसाका अनुसार प्रतियोगितामा कृति प्रकाशन गरिसकेकालाई सहभागीको रुपमा मात्र सम्मान गर्दै, नव प्रतिभाहरुलाई प्रतियोगीको रुपमा बिशेष प्राथमिकता दिने भएको छ ।

कविता प्रतियोगितामा सहभागी मध्येबाट बिजेतालाई नगद पुरस्कार १ लाख १ हजार १ रुपैंयाँ, उपविजेतालाई ५० हजार १ सय १ रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय १ रुपैयाँ र सान्तावना हुनेलाई १० हजार १ सय १ रुपैयाँ प्रदान गर्ने अध्यक्ष जनम लिङदम हाङसाले बताए ।

बिश्वब्यापी खुल्ला अन्लाईन कविता प्रतियोगिता २०२०/२०२१ का सल्लाहकारहरुमा मधुराज केरुङ ‘केवाफुङ’ साङ्सेन पन्धाक, सागर केरुङ, पुस्पहाङ लोवा लोरिङ्देन र इक्साहाङ चेम्जोङ रहेका छन् ।

यसरीनै संरक्षकहरुमा केजि सुब्बा, सीता तुम्खेवा, सुजन सिरेङ चोङ्बाङ,,रचना लावती, आन्छुमे नसान, सुमन सहयात्री योङ्हाङ, सीता पिरती, थाकुहाङ मेरिङ सङ्बाङ्फे, सन्देश सुब्बा ‘सेन्लप’, मन्जु थेगिम र सुकेलिया खाम्सा रहेका छन् ।

कार्यसमितीहरुमा अध्यक्ष जनम लिङ्दम ‘हाङ्सा’, उपाध्यक्ष तेज आङ्देम्बे, सचिव दिल कुमार तुम्रोक, सह–सचिव भेषराज आङ्देम्बे लिम्बू रहेका छन् ।

यसैगरि सदस्यहरुमा क्रमशः लोकेन्द्र देवान ‘अशिम’, राजेन हाङ्सरुम्बा, मोहन मिहाङ मादेन, महेन्द्र पोखरेल, जेशन तिलिङ चोङ्बाङ, मोहन शेर्मा लिम्बू, विशाल सेम्बु लिम्बू, नवीन योङ्हाङ, मोहन माबोहाङ र सनाम लिम्बू रहेका छन् ।

प्रतियोगिताका केहि नियम र मापदण्ड

१, कविता गद्य वा पद्यको सिद्धान्तमा रहि कम्तीमा १५० देखि बढीमा २०० शब्दमा देवनागरीमा हुनुपर्ने छ ।

२, कवितामा भाषा ,भूगोल, जातीय अस्तित्व र पहिचानको भाव भएको हुनुपर्ने छ ।

३, कविता प्रकाशन भइसकेको जानकारी भएमा प्रतियोगिताको लागि मुल्यांकन गरिने छैन, नयाँ प्रतिभालाई प्राथमिकता दिइने छ ।

४, कवितामा ‘शृङ्गारिक कविता’ कवितालाई प्राथमिकता दिइने छैन । कविता बाचन गर्दा क्यामरा वा मोबाइलले खिच्न सकिनेछ । र भिडियो खिच्दा तेर्सो अथवा सिधा बनाएर खिच्नु पर्नेछ ।

५, कविता सम्प्रेषण गर्दा श्रब्यदृश्य (video)र लिखित दुबैमा र नाम ठेगाना स्पष्ट पूरा हुनु पर्नेछ ।

६, कविताको छनोट प्रक्रिया उत्कृष्ट ५० सर्बोकृष्ट २० विशिष्ट १० तीन चरण हुने विशिस्ट १० बाट बिजेता, उपबिजेता घोषणा गरिनेछ । प्रत्येक चरणमा नयाँ कविता समाबेश हुनु पर्नेछ ।

७, कविताको मुल्यांकन ७०% निर्णायकको आधारमा र ३०% आधिकारिक पेजमा पोष्ट भएको भिडियोमा आएको रियाक्टको आधारमा गरिनेछ । तर ‘संघीय लेखक मञ्च प्रबास मलेसिया’ पेजलाई अनिवार्य लाईक र फलो गरेको हुनुपर्नेछ । auto like, share, comment / views लाई मान्यता दिईने छैन ।

८, कविता आधिकारिक ‘संघिय लेखक मञ्च प्रवास मलेसिया’ पेजबाट प्रत्येक प्रतियोगीहरुको भिडियो अप्लोड भएको ३० दिन सम्म मात्र मुल्यांकन को अवधी रहनेछ ।

९.कविता सम्प्रेषण गर्ने ठेगाना

दिल कुमार तुम्रोक

फोन न.+601128349337

महेन्द्र पोखरेल

फोन न.+601161389830

Email-limbuvesraj@gmail.com

१०, कविता सम्प्रेषण गर्ने मिति 2021/01/01 देखि 2021/01/30 सम्ममा आधिकारिक ठेगानामा पठाउनु पर्नेछ ।

सम्बन्धित खवर