पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ८ सय ९९ जनासहित देशभर संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५९ जना संक्रमित कोरोना मुक्त भएसंगै नेपालमा २ लाख ३४ हजार २ सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ६ सय ८९ पुगेकोे छ ।

 

सम्बन्धित खवर