काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ३० जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ सय ३० जनामा संक्रमण पुष्टि भएको बताए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ८ सय ३० जनासहित देशभर संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा २ लाख ३५ हजार ७ सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ६ सय ९८ पुगेकोे छ ।