कांग्रेसले आज सरकारविरुद्ध देशैभर शक्ति प्रदर्शन गर्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेसले आज सरकारविरुद्ध देशैभर शक्ति प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) सरकारको कार्यशैलीको विरोध गर्दै देशैभर विरोध प्रदर्शन गर्दैछ ।

कांग्रेसले आज ‘भ्रष्टाचार, अनियमितता सहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै देशभर शक्ति प्रदर्शन गर्न लागेको हो ।

सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ ।

प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ भनेका छन् ।

अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन् ।

 

सम्बन्धित खवर