पुर्वेली भाकामा ‘सिन्दुर साक्षी छ’ भिडियो सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वेली भाकामा ‘सिन्दुर साक्षी छ’ भिडियो सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार राजेन्द्र केरुङ, गायक बिजय फागो, गायिका उषा राई र गायिका उपाश्ना पोख्रेलको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘सिन्दुर साक्षी छ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार शिवसंगम राईको शब्द तथा संगीतमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘सिन्दुर साक्षी छ’ भिडियो फालेलुङ टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दुर्लभ जन्तरेको परिकल्पना तथा निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित मोडल तथा डान्सर सुधिर श्रेष्ठ र बिमला खजुमले मुख्य अभिनय गरेका छन् ।

मिङ्मा शेर्पाको छायाँकन, ड्रोन, सम्पादन तथा कलर र शंखर बरालको मेकअप रहेको भिडियोमा टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की, बिरेन्द्र केरुङले समेत अभिनय गरेका छन् ।

फालेलुङ टिभीको प्रस्तसतिमा सुबास थेगिम हाङ्सरुम्बाको निर्माण सहयोगमा बनेको भिडियोको छायाँकन भने काठमाडौंको साँखु, पालुबारी क्षेत्रमा गरिएको हो ।

बिनेश राईको संगीत संयोजन रहेको गीतलाई रेकर्डिङ तथा मिक्सिङ शुन्दर लामाले गरेका हुन् ।

लाखौं नेपालीहरु अभाव, पिडा, बेरोजगारीका कारण बिदेशिनु पर्ने बाध्यतात्मक परिस्थिती बर्षौदेखी भोगिरहेका छौँ । सात समुन्द्रपार आफ्नो मायालु, घरपरिवारसँग छुट्टीएर बस्नुपर्दाको पिडालाई अत्यन्तै कलात्मक ढङ्गले भिडियोमा उतार्न खोजिएको छ ।

भिडियो हेर्नुहोस…
https://www.youtube.com/watch?v=vhTBNekL8AE

 

सम्बन्धित खवर