कोरोना अपडेट : थप ८ सय २१ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना अपडेट : थप ८ सय २१ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८ सय २१ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ८ सय २१ जनासहित देशभर संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये देशभर पछिल्लो २४ घण्टामा ८ सय ४२ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा २ लाख ३६ हजार ५ सय ७३ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ७ सय १६ पुगेकोे छ ।

सम्बन्धित खवर