काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ३६ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ७ सय ३६ जनासहित देशभर संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये देशभर पछिल्लो २४ घण्टामा ८ सय ४७ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा २ लाख ३८ हजार ५ सय ६९ जना उपचारपछि घर फर्किएका छन् । यो संगै हाल ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ७ सय ४३ पुगेकोे छ ।