मनु र राजुको आवाजमा ‘तुमदुम सेरी’ पाःलाम सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनु र राजुको आवाजमा ‘तुमदुम सेरी’ पाःलाम सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका मनु नेम्बाङ र गायक तथा संगीतकार राजु आङदेम्बेको सुमधुर आवाजमा सजिएको किरात लिम्बु संस्कृतिमा आधारित ‘तुमदुम सेरी’ पाःलाम युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार आइत खजुमको शव्द संकलनमा राजु आङदेम्बेको लय संकलन रहेको ‘तुमदुम सेरी’ पाःलाम सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गर्रिको हो ।

माङसेबुङमा छायाँकन गरिएको किसोर पतंवाको निर्देशनमा ममिला लिङदेन र टंक लिङदेनको मुख्य अभिनय रहेको भिडियोमा अनिस लाओतीको छायाँकन तथा तिलक रिजालको सम्पादन रहेको छ ।

सिमिक्लुङ दर्पणको अडियो प्रडक्सनमा थोक्फेला गार्मेन्टको भिडियो प्रडक्सन तथा पहिरन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर