कोरोना अपडेट : थप ७ सय ७६ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना अपडेट : थप ७ सय ७६ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७६ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ७ सय ७६ जनासहित देशभर संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये देशभर पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा २ लाख ४० हजार ३ सय ६३ जना उपचारपछि घर फर्किएका छन् । योसंगै हाल ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ७ सय ४९ पुगेकोे छ ।

 

सम्बन्धित खवर