काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट ७ सय१० जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ७ सय ८० जनामा गरिएको परिक्षमा बुधबार ७ सय १० जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २ लाख ७ हजार ४२ हजार ५ सय ६७ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।