कुशल थलङको ‘हाक्पारे ख्याली’ दिनेशको निर्देशनमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुशल थलङको ‘हाक्पारे ख्याली’ दिनेशको निर्देशनमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक कुशल थलङको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाका बिल्कुलै नयाँ गीत ‘हाक्पारे ख्याली’ भिडियो सार्वजनिक गरिएको छ ।

गितकार तथा संगीतकार मदन चोङबाङको शव्द रचना तथा संगीमा सजिएको लिम्बू गीत ‘हाक्पारे ख्याली’ भिडियो गायक कुसल थलङको अफिसियल युट्यूव च्यनलबाट सार्वजनिक गरिएको हो ।

पछिल्लो समय साँस्कृतिक भिडियोहरु निर्देशन गर्दै ख्याति कमाएका निर्दैशक तथा कोरियोग्राफर दिनेश माङमुको निर्देशनमा गाउँघरमा बिउ भाले पालेर खाजा खाने जोहो गरेको भाव प्रस्तुत गरिएको भिडियोमा च्याब्रुङ नाँच देखि लिएर राम्री सोल्टीनीलाई देख्दाको रमाईलो दृश्य समेत देख्न सकिन्छ ।

भिडियोमा गायक कुशल थलङको साथमा विष्णु मोक्तान, सोनम थोक्लिहाङ लिम्बू तथा निश्चल कुलुङ लगायतले दमदार अभिनय गरेका छन् ।

टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका हुन् भने गीतलाई भ्वाइस अफ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

तेज मेन्याङ्बो र शैलेन्द्र नाल्बोको निर्माणमा बनेको भूपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियोमा सोम मगरातीको श्रृङ्गार तथाअनिल रानाले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर