राष्ट्रिय जनगणनामा लिम्बु बिद्यार्थी मञ्चद्वारा किरात धर्म लेखाउन अपिल - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनगणनामा लिम्बु बिद्यार्थी मञ्चद्वारा किरात धर्म लेखाउन अपिल

माङसेबुङ । लिम्बु विद्यार्थी मञ्चले २०७८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेखाउन अपिल गरेको छ ।

लिम्बु विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष दिपा लक्सम र केन्द्रिय महासचिव गुल्सन आङबुहाङद्धार हस्ताक्षरित मञ्चको अपिलमा जातरजातिको महल, पूर्खाको भाषा, मातृभाषाको महलमा लिम्बू लेखाउन आग्रह गरेको छ । दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात धर्म लेखाउन आग्रह गरेको हो ।

लिम्बु विद्यार्थी मञ्चको अपिल

सेवारो,

नेपालमा विगत वि स १९६८ साल देखि निरन्तर रुपमा प्रत्येक १० वर्षमा जनगणना भई आएको ईतिहास हामीमा सर्वविधितै छ । नेपालमा विभिन्न कालखण्डमा राजनीतिक, धार्मिक, सामाजिक तथा सास्कृतिक परिवर्तनहरु हुदै आएता पनि हामी किराती याक्थुङ लिम्बु अदिवासीहरुको सवालमा यी सबै पक्षहरुबाट टाढा हुदै आएको इतिहास जिवितै छ । कुनै बेला हामी लिम्बु समुदायलाई हिन्दु बनाइएको तितो इतिहास स्मरण गराउदै, अग्रज लिम्बु बुद्धिजीवीहरुको त्यो निर्णय (२०४८ साल को) नभएको भए आज हामी इतिहासको दर्दनाक चङ्गुलमा फसेर भौतारीरहेको अवस्थामा हुने थियौ ।

आफ्नो पहिचान र अस्तित्वको लागि विश्वका सबै समुदायहरु आआफ्नो स्थानबाट संघर्ष गरिरहेको अवस्था छ । एकाईसौं शताब्दिमा भाषा, लिपि, धर्म, सस्कार र सस्कृतिको संरक्षण र सम्बद्र्धन अति आवश्यक हुदै गएको छ । जस्को लागि राज्यलाई झक्झक्याउने कार्य त छ्दैछ जनसंख्या सम्बन्धि रणनीतिक अभियान सम्हाल्नु पर्ने अति महत्त्वपूर्ण दायित्व पनि हाम्रै काधमा आएको छ ।

नेपाल बहुजातिय, बहुसास्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक हो । दुःखको कुरा नेपालमा बहुआयामिक समाज भएतापनि अहिले सम्म नेपालको राज्य संरचना बहुआयामिक हुन सकेको छैन । धर्मनिरपेक्ष मुलुकमा राज्यले कुनै एउटा मात्र धर्मलाई सघाउँ गर्नु आफैमा दुःखद विषय त छदै छ तर पनि बिगत देखि गर्दै आएको किरात धर्म लेखौ र लेखाऔं भन्ने हाम्रो अभियानमा कत्तिपनि ह्रास उत्पन्न नभएको जानकारी गराउँदाछौ. ।

नेपाल सरकारले प्रत्येक १० वर्षमा गर्दै आएको १२ औं जनगणना आगमी यही २०७८ जेष्ठ २५ देखि असार ८ गते सम्म हुन गईरहेको छ । बहुजातीय तथा बहुधार्मिक राष्ट्र को यथेष्ट चित्र जनगणनाले मात्र प्रदान गर्ने भएको कारण हर्सोल्लासको साथ सहभागी हुन र बिगतमा झै यसपटक पनि निम्न विषयहरुमा निम्नानुसार लेख्न लेखाउन लिम्बु विद्यार्थी मञ्चको आधिकारिक धारणा सहित सम्पुर्ण लिम्बु विद्यार्थी लगायत आदिवासी लिम्बुहरुमा लुङ्मेन्दिङ अनुरोध गर्दछौ ।

–जाति के हो ? – लिम्बु
–पुर्खाको भाषा कुन हो ? – लिम्बु
–मातृभाषा कुन हो ? – लिम्बु
–दोस्रो भाषा कुन हो ? – नजिकको आदिवासी जनजाति ले बोल्ने भासा
–कुन धर्म मान्नु हुन्छ ? – किरात धर्म

नोगेन

 

सम्बन्धित खवर