काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ४२ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ७ सय ४२ जनासहित देशभर संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घन्टामा १ हजार ७९ जना संक्रमित कोरोना मुक्त भएसंगै नेपालमा २ लाख ४४ हजार ७ सय ४३ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ७ सय ९५ पुगेकोे छ ।