१२ वर्षपछि पार्टी नेतृत्वमा फर्किए माधव नेपाल - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१२ वर्षपछि पार्टी नेतृत्वमा फर्किए माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ ।

अध्यक्ष केपी ओलीलाई पदबाट हटाएसंगै १२ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल पार्टीको नेतृत्वमा फर्किएका छन् ।

नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गर्दै नेपाललाई अध्यक्ष बनाएको हो ।

यसअघि नेपाल २०६५ साल फागुनसम्म तत्कालीन नेकपा एमालेको महासचिवको रुपमा नेतृत्वमा रहेका थिए । त्यसबेलाको एमालेको आठौँ महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा चयन गरेको थियो ।

सम्बन्धित खवर