पछिल्लो २४ घन्टामा ७ सय २२ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा ७ सय २२ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७ सय २२ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ७ सय २२ जनासहित देशभर संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घन्टामा ९ सय ६६ जना संक्रमित कोरोना मुक्त भएसंगै नेपालमा २ लाख ४५ हजार ७ सय ९ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ७ सय ९८ पुगेकोे छ ।

सम्बन्धित खवर