बेलायतबाट नेपाल आउनेलाई रोक्ने सरकारको निर्णय - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेलायतबाट नेपाल आउनेलाई रोक्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउनलाई रोक लगाउने निर्णय गरेको छ ।

नेपाल सरकारले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ ।

मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक भएको बताउँदै सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईका अनुसार युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेण्टाइन बसी जाँच गरेपछि मात्र गन्तब्य जान पनि अनुरोध गरेको छ ।

सम्बन्धित खवर