उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरेपश्चात नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित अर्को नेपाली कथानक लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको सार्वजनिक छ ।

नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् ।

भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् ।

गोदावरीमा छायाँकन गरिएको उक्त लघु चलचित्रमा सागर घिमिरेको स्थल ध्वनी, जेम्स तामाङको यातायत रहेको छ भने रिम्सा फिल्मस् प्रडक्सनको पोष्ट प्रडक्सन रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर