‘सेवा, आराधना, गरेमात्र मानवको अस्तित्व रहन्छ’ : आत्मानन्द ‘सेइङ’ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘सेवा, आराधना, गरेमात्र मानवको अस्तित्व रहन्छ’ : आत्मानन्द ‘सेइङ’

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ लिङदेन गुरु निजी आश्रममा सप्ताहव्यापी येत्नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ ।

गत पुस २ गतेबाट गुरु निजी आश्रममा सुरु भएको सप्ताहव्यापी येत्नाम्धुङ लाधुङ सेमी सेवा शुक्रबार समापन भएको हो ।

‘संसार उत्थलपुत्थल हुदां माङसेवाले मात्र बच्न सकिन्छ’ अमृतमय आर्शिवचन प्रदान गर्नुहुदै किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले भन्नुभयो, ‘कोरोनाबाट बच्नका लागि सेवा, आरधना नै गर्नुपर्छ ।’ ‘सेवा, आराधना, गरेमात्र मानवको अस्तित्व रहन्छ ।’

अमृतमय आर्शिवचनकै क्रममा किरात धर्मगुरु ‘सेइङ’ले अब कोरोनाको दोश्रो लहर सुरु भएको बताउनु हुदैं यसबाट बच्न सद आहार, विहारको सेवन गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा विभिन्न स्थानबाट उपस्थित भएका किरात धर्मावलम्बी भक्तजनहरुले सामुहिक रुपमा माङगेन्ना फोङमा (शिर उठानउने) गरेका छन ।

यसैगरि नेपालका विभिन्न स्थानबाट सहभागी भएका किरात धर्मावलम्बीहरुले अङसीमाङ र अङसीमामाङबाट फूलमाला ग्रहण समेत गरेका थिए ।

प्रत्येक बर्ष आयोजना हुने आप्लुङगेन ताङसेप सेवामा नेपाललगायत, भुटान, भारत, आसाम, दार्जीलिङ, लगायतका देशहरुबाट समेत सहभागी हुने भएपनि कोभिड १९ का कारण यसवर्ष भने नेपालका विभिन्न स्थानका किरात धर्मावलम्बीहरुको मात्र उल्लेखिय सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात चोत्लुङ अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, किरात साङसेन वरक माङहिम लब्रेकुटीका पूर्व अध्यक्ष चन्द्रराज आङदेम्बे, माङसेवासाबा प्रमुख मनप्रसाद थलङ, प्रस्तावित आत्मानन्द क्याम्पसका प्रमुख होम बहादुर लिङदेन, गुरु निजी प्रवक्ता डिल्लीराम चाम्लिङ, किरात साम्यो सुनुगेन थक्सुवका अध्यक्ष केसरसिं आङबुहाङ, किरात साम्यो थामेन्दीमाका अध्यक्ष सरुहाङमा इधिङगो लगायतको उपस्थिति रहेको थियो ।

निजी गुरु आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्य मन्तव्य निजी गुरु आश्रम कृषि तथा भौतिक पुर्वधार निर्माण आर्थिक व्यावस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङले गरेका थिए भने कार्यक्रम संचालन उदय बिक्रम तुम्बापो र साङजोत्लुङ आङदेम्बे इन्द्रहाङले गरेका थिए ।

सम्बन्धित खवर